ताप्लेजुङमा बाढीपहिरोले २९ घरपरिवार उच्च जोखिममा
बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो।
ताप्लेजुङ, असार १ : केही दिनदेखिकाे निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन्। बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो।
सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लुक्षुमण तामाङले बताए। उनका अनुसार खोेला खोल्सा तर्न नसकिने अवस्था भएको छ। एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए। उनले भने, 'पानी मुसलधारे परिरहेको छ। एक घरदेखि अर्को घर जान सकिँदैन। अहिले सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छौँ।'
बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए। उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताए। धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ।
त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए। स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ। पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए।
याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन्। प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ। खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए। उनले भने, 'अहिले हामी नै जोखिममा छौँ। प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ। स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन्।'
बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ। बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो। 'विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्', प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, 'सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ।'
सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन्। अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए। सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो।












-(86)-1764936079.jpg)