महाभियोगमा सफाइ पाएपछि ट्रम्पले भने, ‘डेमोक्र्याटहरू दुष्ट,स्वार्थी र बेकारका मानिस’
काठमाडौं, माघ २४ : महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्।....

काठमाडौं, माघ २४ : महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्।
ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकार’का मानिसहरू भनेका छन्। झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ विजय उत्सव भनेका थिए।
‘मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने।’ ‘हामीहरू अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो। हामीले केही गलत गरेका थिएनौँ।’
‘ह्वाइट हाउसमा उनले भने ‘त्यो दुष्टता थियो, त्यो बेइमानी थियो।’ ‘अहिले हामीसँग त्यो ओजपूर्ण शब्द छ। मलाई कहिल्यै लागेको थिएन कि त्यो त्यतिधेरै राम्रो लाग्नेछ। ’ रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् ट्रम्पले शक्तिको दुरूपयोग र अमेरिकी संसद्लाई अवरुद्ध तुल्याएको अभियोगमा सफाइ पाएका थिए।





-1783061799.jpg)






