Kathmandu Press

‘कृषिमा आत्मनिर्भरताका लागि कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको हाे’

उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए।
‘कृषिमा आत्मनिर्भरताका लागि कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको हाे’

काठमाडाैं, जेठ ३२ : अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन्।

उनले कर कारण स्वदेशी उत्पादनमा नभई आयातित बस्तुमात्रै महँगाे हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे। अर्थमन्त्री महतले करको दर लागु नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यवृद्धि गरेको बताए। उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्