Kathmandu Press

रुस-अष्ट्रेलिया विवाद उत्कर्षमा

अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भए त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ।
रुस-अष्ट्रेलिया विवाद उत्कर्षमा

मस्काे, जेठ ३२ : नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ।

अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भए त्यसबाट राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ।

नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन्। 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारिपट्टि नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताएका छन्।

उनको यो अभिव्यक्तिसँगै रुसी पक्ष कानुनी उपचारको बाटोमा जान लागेको हो। 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्