Kathmandu Press

निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको  अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो। 
निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

काबुल, जेठ ३२ : अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन्।

साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको  अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो। 

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका  गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन्। सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन्। बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा  निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए। ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्