Kathmandu Press

बेथानचोकको वडा नं. ४ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

शिक्षा नैसर्गिक अधिकार भएकोले कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको र बाँकी वडाहरु पनि केही दिनभित्रै घोषणा हुने गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।
बेथानचोकको वडा नं. ४ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

काभ्रे, जेठ ३१ : काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं. ४ ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा’ घोषणा भएको छ।

बुधबार जिल्लाको चलाल गणेशस्थानमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरे। वडाध्यक्ष कृष्ण लामाले प्रस्तावमा सो घोषणा गरिएको हो।

Hardik ivf

‘काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. कार्यालयमार्फत मिति २०८० बैशाख १७ देखि जेष्ठ ११ गतेसम्म एक हजार छयालीस घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पूरा भई तेह्र वर्ष उमेर पूरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको नपाइएकोले मिति २०८० जेष्ठ २९ गते सोमबार बसेको वडा समितिको निर्णय र वडाध्यक्ष कृष्ण लामाको प्रस्ताव अनुसार जेठ ३१ गते  बुधबार दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दछु,’ गाउँपालिका अध्यक्ष अधिकारीले जारी गरेको घोषणा पत्रमा भनिएको छ।

कार्यक्रममा अध्यक्ष अधिकारीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिए । शिक्षा नैसर्गिक अधिकार भएकोले कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको र बाँकी वडाहरु पनि केही दिनभित्रै घोषणा हुने बताए।

वडाध्यक्ष कृष्ण लामाले समुदायमा रहेका सबै बालिबालिकालाई शिक्षाको दायराभित्र ल्याउने नीतिअनुरुप वडाले नियमित काम गर्दै आइरहेको र विद्यालयमा आधारित प्रारम्भिक बालशिक्षाकै माध्यमबाट विद्यालय बाहिर रहेका बालबालिकालाई पनि कार्यक्रमले समेट्ने बताए । उनले अब शिक्षण सिकाइलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले बाँकी वडाहरूमा पनि काम भइरहेको र केही दिनभित्रै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा हुने बताइन्।

यो कार्यक्रम बेथानचोक गाउँपालिमा फागुन देखि लागू भएको थियो। यसअघि वडा नं. ३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेको छ।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्