Kathmandu Press

गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण छ : मन्त्री किराती

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइनसको व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताउँदै यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए।
गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण छ : मन्त्री किराती

रुपन्देही, जेठ ३० : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण भएको  बताएका छन्।

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइनसको व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताउँदै यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए।

मलेसियाको राजधानी क्वालालम्पुरबाट ९० यात्रु बोकेर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए। ‘बुद्व सर्किटकै बजारीकणका लागि यो विमानस्थल निर्माण भएको हो। भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ’, उनले भने । मन्त्री किरातीले यो विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास भइरहेको बताए।

मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने प्रक्रियामा रहेको बताए। उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्