Kathmandu Press

‘आईएमई पे’बाट सौर्य एयरलाइन्सको टिकट काट्दा चन्द्रागिरिको टिकट निःशुल्क

सम्झौतापछि ‘आईएमई पे’बाट सौर्य एयरलाइन्सको टिकट काट्ने ग्राहकले ८ सय रुपैयाँ पर्ने चन्द्रागिरिको टिकट निशुल्क प्राप्त गर्ने सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए।
‘आईएमई पे’बाट सौर्य एयरलाइन्सको टिकट काट्दा चन्द्रागिरिको टिकट निःशुल्क

काठमाडौं, जेठ ३० : डिजिटल वालेट ‘आईएमई पे’बाट सौर्य एयरलाइन्सको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने भएका छन्।

सौर्य एयरलाइन्सले यस सम्बन्धी आईएमई ग्रुपसँग सम्झौता गरेको छ। सम्झौतापछि ‘आईएमई पे’बाट सौर्य एयरलाइन्सको टिकट काट्ने ग्राहकले ८ सय रुपैयाँ पर्ने चन्द्रागिरिको टिकट निशुल्क प्राप्त गर्ने सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए।

‘मानौं पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आईएमई पेमार्फत टिकट काटेका छन् भने सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्ने छन्,’ अध्यक्ष पोखरेलले भने।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: १३:५० बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्