ढुंगा गिट्टी निकासी : वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात
सोमबार प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुंगा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। 'हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन,' महतले भने।
'चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो। जहाँजहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौं। भुटानले पनि त निर्यात गरिरहेको छ। ढुंगा के खनिजजन्य होइन र?' उनले भने, 'अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन्।'
प्रकाशित मिति: १४:४९ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











