विद्युतीय सवारीलाई समयअनुकूल बनाउन बजेटमा कर घटबढ गरिएको हाे : अर्थमन्त्री महत
‘मध्यम वर्गले १०० किलोवाटको गाडी चढ्ने होइन, यो धनीहरुले नै चढ्ने हो,’ उनले भने।काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशरण महतले विद्युतीय सवारीलाई समयअनुसार अनुकूल बनाउन बजेटमा कर घटबढ गरिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आ.व. २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले शून्यदेखि ५० किलोवाट १० प्रतिशत भन्सार शुल्क लगाउने र ५० देखि १०० सम्ममा बढाउने नीति लिएको बताए। १०० किलोवाटदेखि माथिको गाडीमा अत्यधिक कर रहेको हुँदा घटाइएको उनले जानकारी दिए।
‘मध्यम वर्गले १०० किलोवाटको गाडी चढ्ने होइन, यो धनीहरुले नै चढ्ने हो,’ उनले भने। महतले १०० किलोवाटसम्मको गाडीमा कर बढाएर १०० किलोवाटभन्दा बढीको गाडीलाई भने कर घटाएका थिए।
प्रकाशित मिति: १४:३६ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१