Kathmandu Press

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिकाे निर्णय

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरण भएको प्रति आपत्ति जनाउदै यस बिषयमा जवाफ माग गर्ने निर्णय गरेको हो।
नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिकाे निर्णय

काठमाडाैं, जेठ २९ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरणका विषयमा नेपाल धितोपत्र बोर्डसँग जवाफ माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरण भएको प्रति आपत्ति जनाउदै यस बिषयमा जवाफ माग गर्ने निर्णय गरेको हो।

Hardik ivf

बैठकमा समिति सदस्यहरुले पुँजीबजारबारे उपसमितिले अध्ययन उपलव्ध गराएको प्रतिवेदनमा बोर्ड गम्भीर नभएको आरोप लगाएका थिए।

समिति सदस्य पदम गिरीले नेप्से लाई अन्तराष्ट्रियस्तरको बनाउनका लागि सिफरिस गरेपनि त्यसलाई लत्याएर नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढ्ने कुरा संवेदनशिल भएको बताए। उनले नेप्सेको प्रतिष्पर्धी भित्राउनुपर्ने अवस्थाका बारेमा बोर्डसंग जानकारी लिनुपर्ने उल्लेख गरे। उहाले उपसमितिको प्रतिवेदनको विपरित ब्रोकर लाइसेन्स दिने बिषयमा छानविन गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले भइरहेको नेप्सेलाई प्रभावकारी बनाउनुपर्नेमा नयाँलाई भित्राउनु उचित नभएकाले लाइसेन्स दिने काम रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए।

त्यस्तै समिति सदस्य मेटमणी चौधरीले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका स्पष्ट हुनुपर्ने भन्दै बोर्डसंग जवाफ माग्नुपर्ने बताएका थिए।

समितिका अन्य सदस्यहरुले नयाँ स्टक र धितोपत्र लाइसेन्सको प्रक्रियाका बिषयमा गहन छलफल गरेर मात्रै निष्कर्षमा पुग्दै सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्