Kathmandu Press

आउँदो वर्षदेखि बजेट भाषण बिहान १० बजे गरौं : सांसद गिरी

भारतको सिको गरेर नेपालीले सोही समयमा बजेट ल्याउने गरे पनि अब त्यस्ताे गरिरहनु आवश्यक नरहेको उनको भनाइ थियो।
आउँदो वर्षदेखि बजेट भाषण बिहान १० बजे गरौं : सांसद गिरी

काठमाडौं, जेठ २८ : कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट भाषण बिहान १० बजे गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘यो मुलुकमा सधैं बजेट भाषण बेलुका ४ बजे हुने। किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने। चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने।’

उनले थपे,  ‘म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु, अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो।’

भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताएका हुन्।

भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको कारण इंल्यान्डमा बिहान १० बजे बजेट भाषण हुने भएकाले ब्रिटिसहरुले उपयुक्त समय मिलाएकाे र भारतको सिको गरेर नेपालीले सोही समयमा बजेट ल्याउने गरे पनि अब त्यस्ताे गरिरहनु आवश्यक नरहेको उनको भनाइ थियो।
 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्