अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा
मन्त्रीले भनेका छन्, 'हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्।'
काबुल, जेठ २७ : अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजिजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५ हजार कम्पनी सञ्चालन गरिरहेको बताएका छन्।
स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका छन्, 'हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्।'
तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाबीच यो विवरण सार्वजनिक भएको हो।
प्रकाशित मिति: १४:५१ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












