जीप दुर्घटनामा दुईको मृत्यु, १६ घाइते
बझाङ, फागुन ६ : बझाङमा आईतबार राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ स्थित ....

बझाङ, फागुन ६ : बझाङमा आईतबार राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ स्थित चैनपुर–धामीलेक सडकखण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटनाहुँदा दुईनाको मृत्यु भएको हो । दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ धामीलेकका १२ वर्षीया समु जोशी र ४८ वर्षीय धौले जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेमध्ये सातजना गम्भीर रहेका छन् । गम्भीर घाइते जयपृथ्वी नगरपालिका–११ की कविता जोशी,अन्धिरा जोशी, जुनादेवी जोशी,जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशीलाई उपचारका डडेल्धुरा तथा धनगढी लगिएको छ ।
अन्य सामान्य घाइते जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)