कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार
ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ।
काठमाडाैं, जेठ २७ : विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन्।
ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ।
बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (५ः३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।
बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।
प्रकाशित मिति: १३:१४ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार