टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए
ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन्। राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ।
टोकियो, जेठ २७ : टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन्।
जापानको यातायात मन्त्रालयले जनाएअनुसार स्थानीय समय बिहान ११ बजे बैंककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।
ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन्। राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ।
विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ। विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन्।
प्रकाशित मिति: १३:०६ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार