Kathmandu Press

अमेरिकी सिनेटद्वारा राष्ट्रपति टम्पलाई महाअभियोग प्रस्तावमा सफाइ

काठमाडौं, माघ २३ : अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको माहाअभियोगको प्रस्तावबाट मुक्त भएका छन । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा....

अमेरिकी सिनेटद्वारा राष्ट्रपति टम्पलाई महाअभियोग प्रस्तावमा सफाइ

काठमाडौं, माघ २३ : अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको माहाअभियोगको प्रस्तावबाट मुक्त भएका छन । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आज बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए । उनको पक्षमा ५२ सिनेटरहरुले मतदान गरेभने बिपक्षमा ४८ सिनेटरहरुको मत परेको थियो ।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए। आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

Hardik ivf

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो। सन् २०१२ मा राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोम्नी मात्र त्यस्ता रिपब्लिकन सांसद हुन् जसले ट्रम्पमाथि लागि शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए।  डेमोक्र्याटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्प विरूद्ध लाग्न रोम्नीलाई साथ दिएनन्।

पछिल्ला दिनमा केही रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरेता पनि त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन्। रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका तीन डेमोक्र्याटिक सांसदहरूले भने ट्रम्प विरूद्ध नै मतदान गरे। सिनेटमा डेमोक्र्याटतर्फका माइनोरिटी नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले उक्त सफाइलाई मूल्यविहीन बताए।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

प्रकाशित मिति: ०६:५५ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्