पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनकाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ।वासिङ्टन, जेठ २६ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा उहाँलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो।
राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनकाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ। राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्। आगामी मंगलबार आफूलाई मियामीको संघीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन्। आफ्नो ७७औं जन्मदिनको अघिल्लो दिन उहाँ अदालतमा हाजिर हुनुपर्नेछ।
पूर्वराष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइबारे कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। यद्यपि उहाँका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन्।