Kathmandu Press

विनोद चौधरी भन्छन्– सरकारले अझै मलको समस्या सधान गर्न सकेन

‘किसानलाई कहिल्यै मलसम्म दिन सकेनौं। जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ,’ उनले भने ‘यस्ताे प्रवृत्तिले किसानको मुहारमा खुसी ल्याउन सकिँदैन ।’
विनोद चौधरी भन्छन्– सरकारले अझै मलको समस्या सधान गर्न सकेन

काठमाडौं, जेठ २५ : नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले मलको समस्या समाधान गर्न नसकेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताए।

‘किसानलाई कहिल्यै मलसम्म दिन सकेनौं। जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ,’ उनले भने ‘यस्ताे प्रवृत्तिले किसानको मुहारमा खुसी ल्याउन सकिँदैन ।’

रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण नेपालको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेको सांसद चौधरीले बताए। मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भन्दै उनले प्रश्न समेत गरे।

भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ छ।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्