सेयर बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्छ : अर्थमन्त्री
नेपाल धितोपत्र बोर्डको ३१औं वाषिर्कोत्सवमा अर्थमन्त्री डा.महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताएका हुन्।काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट आम नारिकलाई लाभ हुनुपर्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३१औं वाषिर्कोत्सवमा अर्थमन्त्री डा.महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताएका हुन्।
‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ। त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो,’ अर्थमन्त्री महतले भने, ‘यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ। यसलाई अझ उचाइँमा पुर्याउने छ।’
उनले धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए।
‘बजेटमा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो,’ अर्थमन्त्री डा. महतले भने।
उनले सेयर बजार सीमित मान्छेले मात्रै फाइदा कमाउने हुन नहुने बताए । उनले भने, ‘बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ । सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’
सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए।