लुम्बिनी केवलकार व्यावसायिक रूपमा सञ्चालन, प्रधानमन्त्रीले गरे उद्घाटन
केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। आजैदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।रुपन्देही, जेठ २४ : प्रधानमन्त्री पुष्पकमल दहालले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले बिहीबार बुटवलमा केबलकार उद्घाटन गरेका हुन्।
आइएमई समूहले निर्माण गरेको यो केवलकारमा २४ गोन्डुला छ। केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। आजैदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए। भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए।
केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ।
प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१