Kathmandu Press

यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

नीति तथा कार्यक्रममा प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रममा समावेश गरिएको छ।
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

धनगढी, जेठ २४ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले ‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको छ। यस्तै, नीति तथा कार्यक्रममा प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रममा समावेश गरिएको छ।

नीति तथा कार्यक्रममा सुदूरपश्चिमको विकासका लागि पर्यटन पूर्वाधार समृद्ध प्रदेशको आधार नारा दिँदै सरकारले मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम समावेश गरिएको छ। यस्तै, थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने, गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने पनि समावेश गरिएको छ।

यस्तै प्रदेश सरकारले सेती, कर्णाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने, कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने जस्ता कार्यक्रमलाई पनि अगाडि बढाएको छ।

नीति तथा कार्यक्रममको पूर्णपाठ

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्