Kathmandu Press

कलेज प्रवेशको अति कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलब्धि मानिन्छ। कारोनाका कारण  नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए। 
कलेज प्रवेशको अति कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

बेइजिङ, जेठ २६ : विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख  चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभागी भएका छन्। चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ। 

उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलब्धि मानिन्छ। काेरोनाका कारण  नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए। 

Hardik ivf

'म विगत चार वर्षदेखि प्रवेश परीक्षाको तयारीमा जुटेकी छु, आइतबार बाहेक हरेक दिन बिहान ४ बजे उठे। पढेकी छु, मैले गर्न सक्ने सबै काम गरेको छु, तर म अझै अलि नर्भस नै छु,' शेन्जेनमा उच्च विद्यालयका १७ वर्षीय जेसी रावले परीक्षा उत्तीर्ण गर्ने आफ्नो एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै एएफपीलाई भनिन्।

बेइजिङमा आफ्नो सन्तानको शैक्षिक भविष्यलाई लिएर चिन्तित आमाबाबुहरू परीक्षा केन्द्र वरिपरि भेला भएका थिए। भगवान्को प्रार्थना गर्न तत्पर भएझै उनीहरूका छोराछोरीले घुँडा टेकेका थिए परीक्षाकक्षमा प्रवे गर्नुअघि अनि आफ्नो भाग्य खुल्ने विश्वासमा टाउकोमा रातो वस्त्र चिह्न लगाएका थिए। 

एक विद्यार्थीकी चालीस वर्षकी आमा झाङ जिङले आफूलाई चिनियाँ लोककथाको पात्र बाई सुजेनसँग तुलना गरिन्। उनले आफ्नो छोराले यो परीक्षा पास नगरेसम्म उसकै अघिपछि आफू बस्नुपर्ने बाध्यता रहेको सुनाइन्।

'मेरो छोरो एकदम मनमौजी छ, ऊ भन्दा म आज धेरै नर्भस छु,' छोरोको परीक्षाबाट पिरोलिएकी उनले भनिन्। उनले आफ्नो छोरालाई प्राथमिक विद्यालयदेखि हाईस्कूलको पहिलो वर्षसम्मको अध्ययन आफ्नै रेखदेख र निर्देशनमा भएको बताउँदै आजको परीक्षापछि पूर्ण रूपमा आराम गर्ने योजनाबारे जानकारी दिइन्।

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्