भक्तपुरमा प्रथम इन्टर्याक्ट जोनल कन्फ्ररेन्स
तालिममा युवाहरुको आन्तरिक तथा बाह्य प्रतिभाहरुको प्रष्पपुटन हुने तथा आइपर्न सक्ने समस्याहरुको मुकाविला कसरी गर्ने भन्ने कुरा सिकाइएको ईन्टर्याक्टर अनमोल सिलवालले जानकारी दिए।भक्तपुर, जेठ २३ : भक्तपुरमा प्रथम इन्टर्याक्ट जोनल कन्फ्ररेन्स सम्पन्न भएको छ। जोन ७, ईन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ द्वारा आयोजित प्रथम इन्टर्याक्ट जोनल कन्फ्रेन्समा काभ्रेपलाञ्चोक र भक्तपुरका १२ वटा इन्टर्याक्ट क्लबका ७० जना सदस्य सहभागी भएको कार्यक्रम भक्तपुरस्थित सिद्धिस्मृति फाउन्डेसनको सभा हलमा भएको थियो।
कार्यक्रम डिआईसिसि, रोटरियन अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। उक्त जोनल कन्फ्ररेन्स कार्यक्रमा रोटरियन आरधना श्रेष्ठद्वारा “बेटर योर सेल्फ’ विषयमा तालिम प्रदान गरिएको थियो ।
तालिममा युवाहरुको आन्तरिक तथा बाह्य प्रतिभाहरुको प्रष्पपुटन हुने तथा आइपर्न सक्ने समस्याहरुको मुकाविला कसरी गर्ने भन्ने कुरा सिकाइएको ईन्टर्याक्टर अनमोल सिलवालले जानकारी दिए।
उनकाअनुसार जोनल कन्फ्ररेन्समा ७० जना १३ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरुको सहभागिता थियो। तालिमले विद्यार्थीहरुमा वौद्धिक क्षमता, आत्मबलको विकास, समूह कार्य आदि भावनाको विकास हुने सिलवालले बताए।
कार्यक्रममा कोडिआईसिसी रोटरियन गणेशहरि प्रजापती, डिआईआर इन्टर्याक्टर विपिन सुवेदी, जेटआईआर इन्टर्याक्ट रोज कर्मचार्य, सिएससिएच इन्टर्याक्टर सुविन प्रधान, जिएसएससी इन्टर्याक्टर सम्राट प्रजापती, जोनल अफिसियल इन्टर्याक्टर जया मगराती, इन्टर्याक्टर सिम्रन केसी, इन्टर्याक्टर निखिल प्रजापतीलगायतको उपस्थिति थियो।