Kathmandu Press

रूसी रेडियोमा पुटिनको नक्कली सन्देश बजेपछि...

दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा केही रुसी रेडियो स्टेशन ह्याक भएको थियो ।
रूसी रेडियोमा पुटिनको नक्कली सन्देश बजेपछि...

मस्को, जेठ २२ : रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक भएका  छन्। रेडियो स्टेशन ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ।

दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा केही रुसी रेडियो स्टेशन ह्याक भएको थियो । किभले यस्ता गतिविधिहरूले लामो अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको जनाएको उल्लेख गरेको छ।  

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको बताइएको छ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ।

यस्तो ह्याक शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न केन्द्रित रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । यस्तै, ह्याक भएको सरकारी एन्सी एमआरआइ रेडियो स्टेशनले  ह्याकिंगलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ।

प्रकाशित मिति: २०:१४ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्