Kathmandu Press

छात्रछात्रालाई पोसाक, शिक्षकलाई सम्मान

वडा अध्यक्ष लामाले नमूना काम अगाडि बढाएको उल्लेख गर्दै उनले सबैलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति अनुरूप शिक्षाको जागरण बढाउन विद्यालय पोशाक वितरण गरिएको बताए।
छात्रछात्रालाई पोसाक, शिक्षकलाई सम्मान

काभ्रे, जेठ २२ : बनेपा नगरपालिका वडा नं. १४,आशापुरेश्वर,काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालय मा अध्ययनरत सबै छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिएको छ।

बालबालिकाको पठन पाठनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ बनेपा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष टुल्कु लामाको व्यक्तिगत साथै वडा कार्यालयको सहयोगमा विद्यालयमा अध्ययनरत सबै छात्रछात्राहरुलाई जेष्ठ २१ गते आइतबार विद्यालय पोसाक वितरण गरिएको हो।

पठनपाठनमा जागरण ल्याउन भन्दै विद्यालय पोशाकको व्यवस्थापन गरेको वडा अध्यक्ष टुल्कु लामाले बताए। आइतबार एक कार्यक्रम अन्तर्गत ७७ जना छात्रछात्रालाई पोसाक वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडाको तर्फबाट विद्यालयको बाल शिक्षिका निङ्मा लामा लाई उत्कृष्ठ कार्य गरे वापत नगद सहित प्रशसा पत्रले सम्मान समेत गरिएको थियो।

sss1685952455.jpg

वडा अध्यक्ष लामाले नमूना काम अगाडि बढाएको उल्लेख गर्दै उनले सबैलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति अनुरूप शिक्षाको जागरण बढाउन विद्यालय पोशाक वितरण गरिएको बताए।

उक्त कार्यक्रममा वडा सदस्यहरु उत्तम के।सी, श्रीकृष्ण प्रधान, अम्बिका कार्की, मैंया बि।क।, वडा सचिब सत्यजित भैल साथै अभिभाबकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालय पोसाक पाए सँगै विद्यार्थीहरु साथै अभिभाबकहरु पनि खुसी भएका छन्।

वडाले विद्यार्थीहरुलाई पोसाक वितरण गरे सँगैं पठनपाठन क्रियाकलापमा थप उत्प्रेरणा साथै विद्यार्थीहरुमा हौसला बढेको विद्यालयका प्रधानाध्यापक राजु बस्नेतले बताए।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्