Kathmandu Press

फेसबुक र युट्युबबाट हुने आम्दानीको कर बढ्यो

सरकारले आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा कर १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याएको छ।
फेसबुक र युट्युबबाट हुने आम्दानीको कर बढ्यो

काठमाडौं, जेठ २२ : सरकारले फेसबुक र युट्युबलगायतका माध्यमबाट हुने आम्दानीमा कर बढाएको छ।

सरकारले आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा कर १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याएको छ।

‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ,’ आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा एक प्रतिशत कर लाग्ने गरेकोमा आर्थिक वर्ष ०८०/८१ देखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्