Kathmandu Press

गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

एआरवाई न्युजले अन्तरसेवा जनसम्पर्क (आइएसपिआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतंककारी मारिएका छन्।
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

खैबर पख्तुनख्वा, जेठ २१ : खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

एआरवाई न्युजले अन्तरसेवा जनसम्पर्क (आइएसपिआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतंककारी मारिएका छन्।

Hardik ivf

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ, 'पाकिस्तानका सुरक्षा बलहरू आतंकवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ।'

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतंकवादी र सुरक्षा बलहरूबीच गोली हानाहान भएको थियो। 
पाकिस्तानी सुरक्षा बलहरूले तीन दिनअघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर आधारित अपरेशन (आईबीओ( मा दुई आतंककारीलाई गोली हानी मारेका थिए।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, जेठ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्