Kathmandu Press

रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं : रेलमन्त्री

'यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिँदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,' मन्त्रीले भने।   
रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं : रेलमन्त्री
Hardik ivfHardik ivf

नयाँ दिल्ली, जेठ २१ : भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौंदेखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन्।  

'यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिँदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,' मन्त्रीले भने।   

'हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं,' भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन्।  

विद्युतीय संकेत र अन्य विभिन्न कुरा  यसका पछाडि  जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने उनको तर्क छ।  

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्