Kathmandu Press

श्री एयरलाइन्स : तीन वर्षमा ७ गन्तव्य, घट्याे ५० प्रतिशत भाडा

काठमाडौं, माघ २१ : नीजि क्षेत्रको लगानीमा आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले आक्रमक रुपमा उडानको थालनी गरेको छ।

हेलिकोप्टरबाट सेवा प्र....

श्री एयरलाइन्स : तीन वर्षमा ७ गन्तव्य, घट्याे ५० प्रतिशत भाडा

काठमाडौं, माघ २१ : नीजि क्षेत्रको लगानीमा आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले आक्रमक रुपमा उडानको थालनी गरेको छ।

हेलिकोप्टरबाट सेवा प्रदान गर्दै आएको श्रीले सन् २०१७ को अगस्टदेखि जहाज सञ्चालन गरेको हो। करिब तीन वर्षको अवधिमा श्रीले आन्तरिक उडानमा ५० प्रतिशतसम्म हवाइ भाडा कम गरेको छ।

निजी लगानीमै सञ्चालित बुद्ध र यती एयरको पकट रहेका क्षेत्रमा श्रीले प्रवेश गरेपछि भाडा घट्न थालेको हो। दुई वायुसेवा कम्पनीले उडान गर्दै आएको भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा भाडादर कम भएको छ।

गत माघ ६ गतेदेखि दैनिक काठमाडौं–जनकपुर उडान सुरु गरेको श्रीले एकतर्फी भाडादर दुई हजार तोकेको थियो। तीन हजार चार सय लिदै आएका बुद्ध र यतीले समेत घटाएर दुई हजार बनाएका थिए।

श्रीका प्रवक्ता अनिल मानन्धर यात्रुको सुविधालाई लक्षित गर्दै कम नाफामा उडान गर्दै आएको बताउँछन्। त्यस्तै तीन हजारदेखि पाँच हजारसम्म भाडा रहेको काठमाडौं–पोखरा उडानमा श्रीले दुई हजार भाडा सार्वजनिक गरेको छ।

आगामी माघ २४ अर्थात शुक्रबारदेखि दैनिक एक उडान सुरु गर्न लागेको श्रीले पोखरा–काठमाडौँमा भने दुई हजार ६ सय रुपैयाँ भाडादर हुने जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशबाट आउने पाहुनालाई अझ राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पु¥याउने उद्देश्यले काठमाडौं–पोखरा नयाँ गन्तव्यमा उडान गर्न लागेको प्रवक्ता मानन्धरले बताए।

‘पर्यटकीय तथा महत्वपूर्ण विमानस्थलहरुमा थप सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न तथा विभिन्न पर्यटन व्यवसायीहरु र यात्रुको मागलाई सम्बोधन गर्न हामीले बम्बार्डिएरका विमानवाट सेवा प्रदान गरेका हौँ,’ उनले भने, ‘सबै नेपालीको पहुँचमा जहाजको यात्रा पुगोस् भन्ने चाहन्छौं। त्यसैले कम नाफा राखेर उडान गरिरहेका छौं।’

नयाँ विमान टर्बोप्रोप क्यु–४०० ल्याएपछि अन्तर्राष्ट्रिय उडान अनुमति पाएको श्रीले जनकपुर र पोखरा उडान विस्तार गरेको हो। त्यस्तै नयाँ जहाजमार्फत सिमरा उडानको तयारी गरेको मानन्धर बताए।

कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे–२००, दुईवटा ७८ सीआरजे–७०० र बम्बार्डियर कम्पनीको ८० सीट क्षमताको टर्बोप्रोप क्यु ४०० जहाज र ८ वटा हेलिकोप्टरवाट सेवा प्रदान गर्दै आएको छ।

 

 

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, माघ २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्