Kathmandu Press

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्वारा सुडानमा सहयोग मिसनको म्यान्डेट विस्तार

सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ। 
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्वारा सुडानमा सहयोग मिसनको म्यान्डेट विस्तार

काठमाडाैं, जेठ २० : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ।

सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा सक्रियतापूर्वक ध्यान दिने निर्णय समेत गरेको छ। 

Hardik ivf

परिषद् सदस्यहरूले सुडानले सामना गरिरहेका जटिल चुनौतीहरूमा संयुक्त राष्ट्रसंघको प्रतिक्रियाहरू समन्वय गर्न मिसनको उपस्थिति पहिले भन्दा बढी महत्त्वपूर्ण हुने पनि उल्लेक गरेका छन्।

राजधानी खार्तुममा मुख्यालय रहेको सो मिसन सन् २०२० जुन ३ मा स्थापना भएको हो।  शुरुमा १२ महिनाको अवधिको लागि स्थापना गरिए पनि  दुई पटकसम्म विस्तार गरिएको थियो।

सो मिसनको उद्देश्य  सुडानलाई  राजनीतिक स्थिरता, शान्ति निर्माण र विकासका क्षेत्रमा  सही बाटोमा फर्काउँने रहेको छ। 

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्