Kathmandu Press

कांग्रेस नेता गिरीद्वारा पनौती जात्रामा टिसर्ट वितरण

कांग्रेस नेता गिरीद्वारा पनौती जात्रामा टिसर्ट वितरण

काभ्रे, जेठ २० : नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरिले पनौती जात्रा २०८० मा टिसर्ट वितरण गरेका छन्।

जात्राका अवसरमा एक कार्यक्रमबीच गिरीले जात्रा समितिका कोषाध्यक्ष महेन्द्रबहादुर श्रेष्ठलाई ९० टिसर्ट हस्तान्तरण गरे।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सदस्य कृष्णहरि आचार्य, नेपाली कांग्रेस पनौती नगर उपसभापति पुरुषोत्तम कर्माचार्य ,नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, समाजसेवी मोहनपूर्ण सत्याललागायतको उपस्थिति थियो।

351461340_1297449657557430_4009644445404482294_n1685775991.jpg

यस्तै, गिरीले पनौतीकै नं. ४ को खेलकुद क्लबका लागि गिरीले १८ थान भलिबल जर्सी, भलिबल र नेट समेत प्रदान गरेका थिए।

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्