Kathmandu Press

पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गर्दै सेयर लगानीकर्ताकाे प्रदर्शन

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन्।
पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गर्दै सेयर लगानीकर्ताकाे प्रदर्शन

काठमाडौं, जेठ १९ : सेयर लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

उनीहरुले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन्।

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकबद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। लगानीकर्ताको सम्पतिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए। उनले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव दिए।

उनले यस बिषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए। यता अर्थमन्त्री डा. प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरु आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन्। 

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्