नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारण परियोजना समझदारी
नेपाल–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय समकक्षी हर्दिप सिंह पुरीले उक्त समझदारीमा हस्ताक्षर गरेका छन्।काठमाडौं, जेठ १८ : नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीनवटा परियोजना बनाउने विषयमा समझदारी भएको छ।
नेपाल–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय समकक्षी हर्दिप सिंह पुरीले उक्त समझदारीमा हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ। भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो बनाउने भनिएको छ।
यस्तै, अमलेखगञ्जसम्म रहेको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि नेपाल भारतविच समझदारी भएको छ। यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुने जनाइएको छ।
प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१