Kathmandu Press

काजकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

काजकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको  अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो।
काजकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

तेलअविव, जेठ १७ :  काजकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ। मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन्। 

काजकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो। सम्मेलनमा इजरायलका प्रमुख रब्बीहरू, इजरायलका मुसलमान, ड्रुज र बहाई समुदायका प्रतिनिधि, प्रमुख राजनीतिक र शैक्षिक अधिकारीसहित धेरै धार्मिक नेताले भाग लिने अपेक्षा गरिएको छ।

Hardik ivf

इजरायल र साइप्रसका लागि काजकिस्तानका राजदूत सतिबाल्डी बुर्साकोभका अनुसार काजाकस्तानको सिनेटका अध्यक्ष मौलेन असिमबाएभले सम्मेलनको प्रमुख वक्ताका रूपमा भागलिने तथा त्यसले विश्व शान्ति तथा वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान गर्नेछ। 

विश्वभरका धार्मिक नेताहरूको सामूहिक प्रयासबाट विभिन्न राष्ट्र र समुदायबीचको मनोमालिन्य अन्त्य गर्न तथा आपसी विश्वास, सहकार्य र साझेदारीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास  गरिएको छ। 

सन् १९९२ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र भएको मध्य एसियाली देश  काजाकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो।

सन् २०१६ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले काजाकिस्तानको भ्रमण गर्नुभएको थियो। पूर्वसोभियत गणतन्त्रमा इजरायली प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो। 

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्