Kathmandu Press

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ। 
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
Hardik ivfHardik ivf

साेल, जेठ १७ : प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ।

पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ। 

उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ। रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ।

यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तरकोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो। 

प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियोभने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो।

सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे। आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो। आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वासमा गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन्। 

'उत्तरकोरियाले दक्षिणकोरियामा सुरक्षा जोखिम बढाएको छ,  यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइदैन भन्ने प्रश्न खडा भएको छ,”उनले भनिन् । 

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्