Kathmandu Press

फिलिपिन्समा रेडियो पत्रकारको हत्या

मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान सहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन्। 
फिलिपिन्समा रेडियो पत्रकारको हत्या

मनिला, जेठ १७ : फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ। ५० वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो। 

मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान सहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन्। 

आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ। बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन्। उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन्। 

गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन्। केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो। 

प्रकाशित मिति: १२:०० बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्