Kathmandu Press

बजेटले आमूल परिवर्तन गर्न नसकेपनि आर्थिक सुधार गर्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै दुरुपयोग नहुने बताए। उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए।
बजेटले आमूल परिवर्तन गर्न नसकेपनि आर्थिक सुधार गर्छ : अर्थमन्त्री

काठमाडौं, जेठ १७ : अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटले देशमा आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने बताएका छन्।

आर्थिक पत्रकार समाज (सेजन)ले गरेको बजेटसम्बन्धि छलफल कार्यक्रममा अर्थमन्त्री महतले संकटपूर्ण आर्थिक अवस्था सुधारमा बजेटले ठूलो काम हुने बताए। उजने परिस्थितिका कारण केही ठूलो बजेट बनेको बताए।

Hardik ivf

अर्थमन्त्री महतले सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै दुरुपयोग नहुने बताए। उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा बढी कमाउनेलाई करको दायरामा ल्याउँदा बजारमा गलत भास्य प्रवाह भएको बताए। ‘सेयर बजारलाई नै पेसा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्छ। बजारमा यस्तो ग्रुपले रूवाबासी चलाएको छ,’ उनले भने, ‘हामीले कुनै स्वार्थ राखेका छैनौं। यसलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ। अनावस्यक हल्ला फैलाउनु उचित होइन।’

बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको पनि बताउँदै यसलाई नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सिर्जना गरेको बताए।

प्रकाशित मिति: ११:२८ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्