सञ्चार मन्त्रालयलाई ८ अर्ब ७१ करोड, दूरसञ्चार पूर्वाधार भूमिगत

काठमाडौं, जेठ १५ : सरकारले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए।
अर्थमन्त्री महतले बजेटमार्फत दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने बताएका छन्।
संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री महतले दूरसञ्चारसम्बन्धी पूर्वाधार निमार्ण गर्दा भुमिगत संरचना प्रयोग गरिने बताए ।
प्रकाशित मिति: १९:०४ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











