Kathmandu Press

३० अर्बले घट्यो भौतिक पूर्वाधार बजेट, खुद्रे आयोजना हटाइयो,  सम्पन्न हुने आयोजनालाई मात्रै बजेट

नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गरिनेछ भने पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
३० अर्बले घट्यो भौतिक पूर्वाधार बजेट, खुद्रे आयोजना हटाइयो,  सम्पन्न हुने आयोजनालाई मात्रै बजेट


काठमाडौं, जेठ १५ : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो ।

Hardik ivf

चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।

मुग्लिन पोखरा सडक विस्तारका लागि ५ अर्ब विनियोजन गरिएकाे छ। नागढुंगा सुरुङ मार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएकाे छ। ११ किलो, छेपेटार वारपाक सडक आयोजनाका लागि ८० करोड विनियोजन भएको छ। 

त्यस्तै कालीगण्डकी करिडोर निर्माणका लागि १ अर्ब ९८ रुपैयाँ विनियोजन गरिएको छ भने  काठमाडौं तराई फास्ट ट्र्याकका लागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन। 

मदन भण्डारी राजमार्गलाई २ अर्ब ४१ करोड रुपैयाँ र ्हुलाकी राजमार्गलाई ३ अर्ब रुपैयाँ विनियोजन  गर्दा मध्यपहाडी लोकलार्गलाई ३ अर्ब रुपैयाँ छुट्याइउकाे छ। 

नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गरिनेछ भने पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्