२० वटा सरकारी संस्था खारेज गर्ने सरकारको निर्णय, एउटै प्रकृतिका संस्थालाई गाभिने

काठमाडौं, जेठ १५ : सरकारले सार्वजनिक खर्चमा कटौती गर्न २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै २० वटा संस्था खारेज गर्नुका साथै उस्तै प्रकृतिका संस्थालाई आपसमा गाभिने बताएका हुन्।
अर्थमन्त्री महतका अनुसार पर्यटन प्रवद्र्धन विकास समितिहरुलाई प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गरिने समेत बताए।
प्रकाशित मिति: १६:५६ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











