Kathmandu Press

वैदेशिक सहायता अपेक्षाभन्दा कम

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको उल्लेख गरे।
वैदेशिक सहायता अपेक्षाभन्दा कम

काठमाडौं, जेठ १५ : आगामी आवका वैदेशिक सहायता अपेक्षा भन्दा कम हुने भएको छ। वैदेशिक सहायता तर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने अनुमान सरकारको छ।

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको उल्लेख गरे।

चालु आवमा वैदेशिक सहायता तर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ  ऋण आउने अनुमान गरिएको थियो। दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारा सहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहने छ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्