Kathmandu Press

आज १६ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
आज १६ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं 
फाइल फोटो

काठमाडौं, जेठ १५ : आज जेठ १५ गते । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवस मनाउने गरिन्छ । 

२०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा स्थापना गरेको १५ वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनलाई रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।  

दिवसको अवसरमा टुँडिखेलमा औपचारिक समारोह आयोजना गरिएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका नेता लगायतले देशबासीलाई शुभकामना व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: ०६:३१ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्