सेयर बजार घटेर ११०९ अंकमा आइपुग्यो
काठमाडौं, फागुन ५ः नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३.१५ अंकले घटेर ११०९.७२ अंकमा ओर्लिएको छ । आइतबार कारोबार सुरु हुँदा १० अंकले बढेर ११२२ अंक पुगेको बजा....

काठमाडौं, फागुन ५ः नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३.१५ अंकले घटेर ११०९.७२ अंकमा ओर्लिएको छ । आइतबार कारोबार सुरु हुँदा १० अंकले बढेर ११२२ अंक पुगेको बजार टिकाउ हुन नसक्दा घटेर बन्द भएको छ ।
आइतबार २१ करोड ७३ लाख ३२ हजार १ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा ८ लाख २८ हजार ८ सय ५३ कित्ता सेयर कारोबार भएको हो । सवैभन्दा बढी भने प्रभु बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार ११ समूहको कारोबारमध्ये तीन समूहको सूचकमात्रै बढेको छ । बाँकी ८ समूहको सूचक घटेको छ । ट्रेडिङ समूहको १.६५ प्रतिशतले सेयर मूल्य घटेको छ भने होटेल समूहमा ०.३३ प्रतिशतले बढेको छ ।











-1754206481.jpg)