घानामा डुंगा दुर्घटना हुँदा पाँचजनाको मृत्यु, थुप्रै बेपत्ता
घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। उक्त डुंगाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ।आक्रा, जेठ १४ : घानाको सभाना क्षेत्रमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।
रूखमा ठोक्किएपछि डुंगा डुबेको बएडम्सले बताएका छन्। घटनास्थलबाट पाँचवटा शव निकालिएको छ।
उक्त डुंगाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ।
खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१