Kathmandu Press

जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ को शुभारम्भ

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्‍याउने उद्देश्यले ‘एनटी फाइबर’को शुभारम्भ गरिएको हो। 
जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ को शुभारम्भ

काठमाडाैं, जेठ १३ : नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्‍याउने उद्देश्यले ‘एनटी फाइबर’को शुभारम्भ गरिएको हो। 

Hardik ivf

एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। ‘फाइबर टु द होम’ (एनटी फाइबर) सेवाको हाल उपलब्ध सेवाअन्तर्गत इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन र मोबाइलमा डाटासमेत चलाउन सकिने उनले बताए। 

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ। कम्पनीले यसअघि कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ।

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्