Kathmandu Press

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारजनाको मृत्यु

सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए।
उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारजनाको मृत्यु

सिजियाजुआङ, जेठ १३ : उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन्।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो। सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए। 

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्