Kathmandu Press

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

काठमाडौं, माघ २० : न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।  उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्र....

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

काठमाडौं, माघ २० : न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।  उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए ।

उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् । उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन् ।

Hardik ivf

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पुर्‍याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरे ।

हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने । उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए । 

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्