प्रियंका चोपडा आमा बन्दै
काठमाडौं, ५ फागुन : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनास केही महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह उनीहरुबीचको उमेरको फरक....

काठमाडौं, ५ फागुन : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनास केही महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह उनीहरुबीचको उमेरको फरकले पनि खुब चर्चामा रह्यो ।
अहिले यो जोडी फेरि चर्चामा आएको छ । यसपटक भने उनीहरुको एक नयाँ समाचारले तिनका फ्यानलाई ‘सप्राइज’ बनाएको छ ।
प्रियंका आमा बन्न लागेको खबर अन्तर्राष्ट्रिय मिडियामा छाएको छ । हालै एक फेसन शोमा पुगेकी प्रियंकाको फोटोहरुमा ‘बेबी बम्प’ देखिएको छ ।
उनका फोटोहरु सार्वजनिक भएसँगै गर्भवती भएको खबर छाएको बेलामा यी नयाँ फोटोहरुले थप चर्चा दिलाएको छ । यसअघि पनि फिल्मको प्रमोसनका क्रममा प्रियंकाले ‘बेबी बम्प’ लुकाउन खोजेको समाचार आएको थियो ।
यसपटक भने उनका फोटोहरु भाइरल भएका छन् । यस विषयमा प्रियंका र निकले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।












