केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ। यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे«जरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो।
काठमाडाैं, जेठ १२ : नेपाल राष्ट्र बैंकले रु. २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो।
यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ। यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे«जरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो।
पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन्। आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ। यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ। अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत बराबर छ।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार